राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता

काठमाडाैं । नेपालका अस्पतालका जन्म केन्द्रमा नवजात शिशुलाई न्यानो वातावरण उपलब्ध गराउने विषयमा ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भएको छ । केन्द्रले तयार गरेको न्यानो नानी उपकरण स्थापनार्थ दोस्रो चरणको परियोजना अगाडि बढाउने सहमति गरिएको हो ।
विकास बैंकको १३औँ वार्षिकोत्सवका अवसरमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बैैैंक तथा केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनबीच सहमतिपत्र आदानप्रदान भयो । बैंकको संस्थागत सार्वजनिक जिम्मेवारीअनुसार हाम्रो विकास प्रवद्र्धन कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा न्यानो नानी परियोजनाको पहिलो चरण सम्पन्न भएको थियो ।
पहिलो चरणमा मध्यबिन्दु जिल्ला अस्पताल, कपिलवस्तु सामुदायिक अस्पताल, प्युठान अस्पताल, महाकाली अस्पताल, रामगोपालपुर स्वास्थ्य केन्द्र, आम्दा अस्पताल, खोटाङ जिल्ला अस्पताल, सामरी स्वास्थ्य केन्द्र, बेनी अस्पताल तथा बुर्तिबाङ अस्पताल गरी १० वटा अस्पतालमा न्यानो नानी उपकरण जडान भइसकेको छ भने त्यसबाट ३०० बढी नवजात शिशुले सुविधा प्राप्त गरेको जानकारी बैंकले दिएको छ ।
पहिलो चरणमा भन्दा नयाँ उपकरण अझै थप सुविधायुक्त हुने र थप अस्पतालमा समेत जडान गरिने जानकारी डा पुनले दिए । बैंकले सन् २०२३ सम्म नेपालका आधाभन्दा बढी अर्थात् ८०० जन्म केन्द्रमा यस्तो उपकरण स्थापना गर्ने योजना बनाएको छ ।









नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया