पर्यटनलाई पहिलेकै अवस्थामा फर्काउन सबैलाई खोप आवश्यक- ढकाल

चरिकोट । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् ।
कोभिड महामारीले देशका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको र पर्यटन क्षेत्र अझ बढी तहसनहस भएकाले मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका कार्यक्रम आवश्यक छन् । पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।”
दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले कोभिडले मुलुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताए ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया