जसपाको विवाद टाउको गनेर छिनोफानो हुने, कसले पाउला आधिकारिकता ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपाभित्रको विवाद निर्वाचन आयोगले हेड काउन्ट मार्फत आज टुङ्ग्याउने भएको छ ।
दुबै पक्षले पार्टीको आधिकारिकता दाबी गरेपछि आयोगले इजलासमा बहस गराएर हेड काउन्ट मार्फत पार्टीको विवाद निरुपण गर्न लागको हो ।
पार्टी आधिकारिकताको लागि आयोगले कार्यकारिणी समितिका ५१ जनालाई आज नागरिकताको सक्कलप्रति सहित उपस्थित हुन भनेको छ ।
हेड काउन्ट गर्दा आफ्नो पक्ष अल्पमतमा पर्ने निश्चित भएपछि अध्यक्ष महन्थ ठाकुर समूह भने रोक्न माग गर्दै सर्वोच्च अदालत गएको थियो ।
अदालतले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन आइतबार अस्वीकार गरेपछि आयोगलाई प्रक्रिया अघि बढाउन बाटो खुल्ला भएको हो ।
कार्यकारिणी समितिमा उपेन्द्र यादव बाबुुराम भट्टराई पक्ष बहुमतमा छ । सांसदमा पनि पछिल्लो चरण बहुमतमा यादव पक्ष नै छ ।
जसपाका अध्यक्ष यादवले पार्टीको आधिकारिकता आफुहरुलाई दिन माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
उनले दिएको निवेदनमाथि आयोगले गठन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया नेतृत्वको ५ सदस्यीय इजलासले हेड काउन्ट गर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि नेताहरुलाई सशरीर नागरिकताको सक्कलप्रति सहित उपस्थित हुन आयोगले आदेश दिएको थियो ।
आयोगले हेड काउन्ट मार्फत विवाद टुङ्ग्याउने तयारी गरेपछि ठाकुर पक्षले आफ्ना केन्द्रीय कार्यकारिणी समिति र सांसदहरुलाई प्रभावमा पार्न सक्ने भन्दै यादव पक्षले रिसोर्टमा लगेर राखेको छ ।
यादव पक्षका नेताहरु हिजोदेखि नै गोदावरीस्थित एक रिसोर्टमा छन् । आवासीय प्रशिक्षणका लागि भन्दै नेताहरुलाई हिजो दिउँसोदेखि नै त्यहाँ लगेर राखिएको हो ।
आज त्यहींबाट नास्ता गराएर नेताहरुलाई सामुहिक रुपमा आयोगको कार्यालयमा ल्याउने यादव पक्षले बताएको छ ।
गोदावरी रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३३ जना र संसदीय दलका २१ जनाको उपस्थिति रहेको यादव पक्षीय नेता मोहम्मद इस्तियाक राईको भनाई छ । आयोगले जसपालाई ११ बजे बोलाएको छ ।

















Memories of People’s War become refreshed: NCP Coordinator Dahal
Man arrested with pistol
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया