मोहन वैद्य, विप्लवसहित चार पार्टीको बैठक सम्पन्न

काठमाडौँ । चार वाम घटकको बैठक आज मध्यबानेश्वरको एक कलेजमा बसेको छ । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपाका अध्यक्ष ऋषि कट्टेल
र वैज्ञानिक समाजवादी पार्टीका नेता विश्वभक्त दुलाल ‘आहुति’ र जागृत रायमाझी सहभागी भएका थिए ।
बैठकमा सहभागी रायमाझीका अनुसार, समसामायिक राजनीतिक घटना क्रमका विषयमा बैठकमा समीक्षा गरियो । यी दलहरुले विगत केही समयअगाडि रणनीतिक मोर्चा निर्माण गरेर संयुक्त कार्यक्रम आयोजना गर्ने काम गरिरहेका थिए । त्यसको गतिविधि समीक्षा गरिएको छ ।
त्योबीचमा निष्कृय जस्तो देखिए पनि त्यसलाई सक्रिय बनाएर जाने संयुक्त कार्यक्रम पनि बनाउने भन्नेमा छलफल भएको थियो । बैठक फेरि दुई तिन दिनमै अर्को चरण पनि बस्ने र थप केही कार्यक्रम बनाएर जाने विषयमा छलफल भएको रायमाझीको भनाई ।
विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहको कुरा उठाएको छ । पार्टी निर्णय पनि उसको त्यही छ । तर अन्य तीन पार्टीले समिषा सभा, संर्घष, जन आन्दोलनलगायतका विषय उठाइरहेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया