प्रतिनिधि सभाको बैठक औपचारिकतामा सीमित, सरकारले विजनेस दिन सकेन

काठमाडौं । पुनर्स्थापनापछि औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सामान्य कार्यसूची राखिएको छ ।
संघीय संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यलयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्वन्धी पत्रको व्यहोरो सदनलाई जानकारी गराउने र प्रधानमनत्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने उल्लेख छ ।
यस्तै पूर्व सांसद विष्णु बहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित हुने छ ।
तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित तामाङको ७५ वर्षको उमेरमा गत जेठ २० गते झापामा निधन भएको थियो । पछिल्लो समय उनी माओवादी केन्द्रमा आवद्ध थिए ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बैठक यही साउन ३ गते सुरु भएको थियो । यो बीचमा तीन वटा बैठक बसिसकेको छ । तर सरकारले सदनलाई विजनेस दिन सकेको छैन ।
















आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया