लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखले लिए सपथ
मेरोन्यूज
२०७८ साउन १३ गते १९:१३

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथ गराएकी छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा उनीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमानसिंह गुरुङलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज नै प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश प्मुखमा नियुक्त भएका हुन् । यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया