पूर्व माओवादी नेताहरुको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं । पूर्व माओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले उनीहरुको रिटमाथि सुनुवाई गर्न भट्टराईको इजलासमा पेसी तोकेको छ ।
पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पूनवाहीलीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दिएर गरेका थिए । उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, लागूऔषध मुद्दाको सुनुवाइ गर्नु पर्ने भएकाले उनीहरुको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा राखेको थियो।
रिटमा आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेको भन्दै रायमाझी, भट्ट, साह र चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो ।

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया