आफू अनुकूल न्यायाधीश नपरेको भन्दै पूर्व माओवादी नेताले स्थगित गरे पेशी

काठमाडौँ । नेकपा एमालेका चार जना नेताहरूले सर्वोच्च अदालतमा दायर गरेको इजलास सार्ने भएका छन् । नेकपा माओावादी केन्द्र परित्याग गरेको भन्दै उनीहरूमाथि साधरण सदस्यसमेत नहरने गरी कारबाही भएको थियो ।
माओवादीको कारबाहीसँगै प्रतिनिधिसभा सदस्याको पद गुमाएका एमालेका नेताहरूको दायर गरेको मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएसँगै मिति सार्ने भएका हुन् । उक्त रिट निवेदनमाथि आज न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको थियो ।
यसअघि उक्त रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिएको थियो । उनले उक्त इजलास हेर्न नभ्याइनेमा राखेका थिए ।
एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।
उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया