शनिबार, वैशाख २६, २०८३

बाँदरे प्रवृति देखाउन अखिल फोर्स जन्मेको होइन : संयोजक शाही

मेरोन्यूज २०७८ साउन १६ गते १४:२३

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सका संयोजक तपेन्द्र जंग शाहीले आफूहरू बादर बन्ने जस्ता हर्कत गर्न गठन नभएको बताएका छन् । काठमाडौँको कार्की ब्यांक्वेट अखिल फोर्स गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
NiccNicc

‘बाँदरे प्रवृति देखाउन अखिल फोर्स गठन बनेको होइन, यसले विद्यार्थीको शैक्षिक मुद्दामा काम गर्न यो संगठन बनेको हो,’ संयोजक शाहीले भने, ‘यस संगठनले एमालेमा सही मुद्दा उठाएर अगाडि बढ्नु भएको माधव कुमार नेपाललाई साथ दिने छ, पार्टीका सही कामको हरेक कदममा साथ दिने छ ।’

यस्तै, उनले अखिल फोर्सले देश र जनताको हरेक कदममा साथ दिँदै अगाडि बढ्ने बताए ।

प्रतिक्रिया