ओलीले बोलाएको एमालेकाे स्थायी कमिटी बैठक स्थगित
मेरोन्यूज
२०७८ साउन १६ गते १८:४२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक अन्तिम समयमा स्थगित भएको हो । एकता प्रक्रियालाई अघि बढाउन भन्दै नेताहरु तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगिसकेपछि बैठक स्थगित भएको हो ।
बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटी सदस्यहरु च्यासल पुगेका थिए । विघटित कार्यदलका सदस्यहरुको आग्रह अनुसार आजका लागि डाकिएको बैठक स्थगित भएको हो । एमाले एकतालाई गति दिन भन्दै विघटित कार्यदलका सदस्यको आग्रहपछि बैठक स्थगित गरिएको ओलि निकट एक एमाले नेताले जानकारी दिए ।
बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम पनि गएका थिए । भने आफूहरुलाई माओवादीमै रहेको दाबी गर्ने नेताहरु पनि बैठकमा भाग लिन पुगेका थिए।
बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
सम्बन्धित
















आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया