खनाल र काउछाको तिज गीत ‘जम्काभेट’ विमोचन

काठमाडौँ । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
उनले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताए ।
नेकपा एमाले अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारका रुपमा स्थापित भइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुति पस्कन आग्रह गरे। समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारलाई उचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिब एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ ।
गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय, शब्द खनालकै छ भने एरेञ्ज काउछाले गरेका छन् । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका छन् । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय गरेका छन् । गीतलाई मञ्जरी क्रियशन युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।
खनालका यसअघि ‘जुनीजुनी सँगै बाचौँला’, ‘ऋण बढेर दोब्बर भइसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ र ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया