तीन सचिवको सरुवा, अर्थमा मरासिनी

काठमाडौँ । सरकारले अर्थमन्त्रालयमा नयाँ सचिव ल्यायको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सचिवको सरुवा गर्ने निर्णय गरेको थियो ।
सरकार परिवर्तन भएसँगै सचिवहरुको सरुवा गर्ने तयारी भइरहेका बेला अर्थमन्त्रालयमा सचिवको सरुवा गरिएको हो । अहिले सचिवबीच ठुला मन्त्रालयमा जानका लागि दौडधुप सुरु भएको छ । यसैबीच सरकारले अर्थ मन्त्रालयमा नयाँ सचिव ल्याएका छ ।
मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ भने शिशिर कुमार ढुङ्गानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । तीन जना सचिवले आज सरुवाको पत्र बुझ्दैछन् ।
यससँगै अब गृह सचिवको सरुवा तयारी भइरहेको सिंहदरबार उच्च स्रोतले जानकारी दिएको छ । गृह र सञ्चार मन्त्रालयमा सचिवको सरुवा गरेर मात्र अन्य सचिवको सुरुवा गर्ने तयारी भइरहेका स्रोतले बताएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया