माओवादी केन्द्रीय कमिटी बैठक १० दिनपछि सर्यो
साउन ३० भित्र सवै वडामा कमिटी गठन गर्न निर्देशन
मेरोन्यूज
२०७८ साउन १७ गते १४:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक १० दिनपछि सार्ने निर्णय गरेको हो । आइतबार बसेको स्थायी समिति बैठकले केन्द्रीय कमिटी साउन ३० मा गर्ने निर्णय गरेको हो ।
माओवादीले पार्टीको वडा कमिटी साउन ३० गतेभित्र गठन गर्न मातहात कमिटीलाई निर्देशन दिएको छ । छ हजार सात सय ४३ वटा वडामा वडा कमिटी गठन गर्न आइतबार बसेको माओवादी सथायी समितिको बैठकले मातहातका कमिटिलाई निर्देशन दिएको छ । वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिन माओवादीले भनेको छ ।
केन्द्रीय कमिटी बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडा कमिटी गठनको विवरण लिएर आउन निर्देशन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया