माओवादी केन्द्रीय कमिटी बैठक १० दिनपछि सर्यो
साउन ३० भित्र सवै वडामा कमिटी गठन गर्न निर्देशन
मेरोन्यूज
२०७८ साउन १७ गते १४:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक १० दिनपछि सार्ने निर्णय गरेको हो । आइतबार बसेको स्थायी समिति बैठकले केन्द्रीय कमिटी साउन ३० मा गर्ने निर्णय गरेको हो ।
माओवादीले पार्टीको वडा कमिटी साउन ३० गतेभित्र गठन गर्न मातहात कमिटीलाई निर्देशन दिएको छ । छ हजार सात सय ४३ वटा वडामा वडा कमिटी गठन गर्न आइतबार बसेको माओवादी सथायी समितिको बैठकले मातहातका कमिटिलाई निर्देशन दिएको छ । वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिन माओवादीले भनेको छ ।
केन्द्रीय कमिटी बैठकमा आउँदा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेशभित्रका वडा कमिटी गठनको विवरण लिएर आउन निर्देशन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित















कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया