मावध नेपाल पक्षलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भयो : प्रवक्ता श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने बताएका छन् । पार्टीको स्थायी समिति बैठकपछि पत्रकारसँग बोल्दै उनले माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारका लागि सबै प्रक्रिया पूरा गरिसकेको जानकारी दिए ।
‘मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका विभिन्न घटकसँग छलफल गरी चाँडो निर्णय गर्नु हुने भएकाले पुनः भोलि स्थायी समिति बैठक बस्ने तयारी गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘जसपाले मन्त्रिपरिषद् विस्तार गर्न आफ्नो आधिकारिकताको विवाद अन्त्य हुनु पर्ने बताएकाले ढिला भएको हो ।’
त्यसैगरी गठबन्धनमा सामेल भएका विभिन्न पार्टीहरूले केही समय ढिला गरिदिन आग्रह गरेकाले मन्त्रिपरिषद विस्तार हुन नसकेको उनले बताए । ‘जसपापछि अर्को दल नेकपा एमालेका नेता मााधव कुमार नेपाल–झलनाथ खनाल पक्षले केही दिनमा निर्णय दिने भन्नु भएकाले पनि मन्त्रिपरिषद विस्तार हुन नसकेकै हो,’ उनले भने ।
यस्तै, उनले लुम्बिनी प्रदेशमा पनि संविधानअनुसार सरकार परिवर्तन हुने बताए ।

















तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया