चिकित्सक दम्पतीको निःशुल्क विशेषज्ञ सेवा

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन् । लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गरेका हुन् ।
बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाउँमा निःशुल्क दिन थालेका हुन् । आफूले सिकेको ज्ञानलाई थोरै भए पनि केही अंश सामाजिक सेवामा लगाउने उद्देश्यले निःशुल्क सेवा दिने गरेको हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठले बताए ।
आफूले काम गर्ने शुल्कसहितको सेवालाई कम गरेर सामाजिक सेवावापत निःशुल्क सेवा दिन शुरु गरेको श्रेष्ठको भनाइ छ । सामान्य स्वास्थ्य सेवा लिन पनि बजार जानुपर्ने अवस्था अन्त्य गर्न गाउँमा विशेषज्ञ सेवा शुरु गरेको हाडजोर्नी रोग विशेषज्ञ उनले बताए । लाटीकोइलीमा विशेषज्ञसहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाइ छ ।
स्वास्थ्यचौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्करुपमा निरन्तर दिने श्रेष्ठले जानकारी दिए। वीरेन्द्रनगरको देउती अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा स्त्रीरोग विशेषज्ञ डा थापा कार्यरत रहेका छन् ।रासस









मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया