ठाकुरको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । जनता सामाजवादी पार्टी (जसपा)को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटमाथि सुनुवाई गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । सोमबार सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ ।
ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले रिटमा आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएका छन् । रिटमा आयोगले यादव पक्षलाई दिएको जसपाको आधिकारिता बदर गर्न माग गरिएको छ ।
यसअघि जसपाको विवाद आयोगमा विचाराधीन रहेको अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले तयसमा अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।
ठाकुरले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न र निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिने गरेको निर्णयलाई बदर गर्न गरेको मागको सर्वोच्चले एकसाथ सुनुवाई गर्ने भएको छ ।
















अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
प्रतिक्रिया