राष्ट्र बैंकद्वारा सोमबारको विनिमय दर कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै विक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा कायम छ ।
लामो समयदेखि समान रहेको अमेरिकी डलरसँगै साउदी अरबियन पनि समान रहेको छ । साउदीको रियाल १ को खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा कायम छ ।
युरोपियन युरोदेखि अधिकांश राष्ट्रको विदेशी विनिमय दरमा गिरावट आएको छ । युरोपियन युरोको खरिददर १ सय ४० रुपैयाँ ९८ पैसा बिक्रिदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा कायम छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ २ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ६७ पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ७० पैसा कायम छ । सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १३ पैसा छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा बिक्रिदर ३२ रुपैयाँ ५० पैसा कायम रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १४ पैसा बिक्रिदर २८ रुपैयाँ २८ पैसा कायम छ ।
यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ ३१ पैसा बिक्रिदर १० रुपैयाँ ३६ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
केन्द्रीय बैंकका अनुसार चाइनिज युआन भने बढेको छ । युआन १ को खरिददर १८ रुपैयाँ ३८ पैसा बिक्रिदर १८ रुपैयाँ ४७ पैसा छ ।
















5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया