निजी कम्पनीलाई सेती थुन्न दिने मुद्दामा दुवै पक्षलाई छलफलका लागि डाकियो

काठमाडाैं । पोखरा महानगरपालिकाले सेती नदी निजी कम्पनीलाई लिजमा दिने भएपछि यसविरुद्ध परेको रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता देवका तिमल्सिनासहितले हालेको रिटउपर दुवै पक्षलाई छलफलका लागि डाकिएको हो ।
आइतबार दर्ता भएको रिटमाथि प्रारम्भिक बहसपछि उच्च अदालतल पोखराका न्यायाधीश बालकृष्ण उप्रेतीकाे एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोमबार पोखरा महानगरपालिकासहितलाई र निवेदक पक्षलाई छलफलका लागि बोलाएको हो ।
आदेशमा भनिएको छ, ‘मागबमोजिमको अन्तरिम आदेश जारी हुने, नहुने सन्दर्भमा विचार गर्दा विषयवस्तुको गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी अन्तरिम आदेशको निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई मिति २०७८/०४/२५ गत्तेको पेसी तोकी उक्त दिन ११ः०० बजे अन्तरिम आदेशको छलफलका लागि निवेदन दाबीसँग सम्बन्धित निर्णय, सम्झौता एवम् वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनसमेतका कागजात फाइल लिइ यस अदालतमा उपस्थित हुनू ।’
निवेदकहरुले सेती नदीमा साहसिक खेलका लागि र डेभिड फलमा अन्य पर्यटकीय संरचना बनाउन पोखरा महानगरपालिकाले निजी कम्पनीसँग साझेदारी गर्नु संविधान र कानूनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया