बजेटमा भएका व्यवस्था कार्यान्वयन गर्न पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरेको छ ।
महासंघ केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा छलफल गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याइने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्यकाल सफलताको शुभकामना दिँदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठूलो प्रभाव परेको भन्दै पत्रकारहरु पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए ।
महासंघका महासचिव रोसन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठूलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया