आइतबार, वैशाख १४, २०८२

राष्ट्रियसभाबाट ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

मेरोन्यूज २०७८ साउन २० गते १७:१४

काठमाडौं । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिएका थिए ।

प्रतिक्रिया