भदौ २३ पछि केन्द्रीय समितिको वैधानिकता सकिन्छ : बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको बैठकपछि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन। भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन। यसको वैधानिकता सकिने बताएका हुन् ।
बरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ मा सकिने भएकोले समयमै महाधिवेशन गर्न आग्रह गरे। उनका अनुसार क्रियाशील विवाद २ दिनमा टुङग्याउँन उनले आग्रह गरिन् । उनका अनुसार महाधिवेशन सुरु गरे तोकिएको मितिमै हुने तर अहिलेसम्म कुनै वास्ता नगर्दा रोकिएको हो ।
उनले भने,“विशेष महाधिवेशन हाम्रो रहर हैन् , यो कुनै पनि अवस्थामा नभएमा मात्र विशेष महाधिवेशन भनिएको हो ।” विशेष महाधिवेशन एक अस्थायी प्रक्रिया रहेको उनले बताए ।
१४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ।
आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।
















गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया