भदौ २३ पछि केन्द्रीय समितिको वैधानिकता सकिन्छ : बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको बैठकपछि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन। भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन। यसको वैधानिकता सकिने बताएका हुन् ।
बरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ मा सकिने भएकोले समयमै महाधिवेशन गर्न आग्रह गरे। उनका अनुसार क्रियाशील विवाद २ दिनमा टुङग्याउँन उनले आग्रह गरिन् । उनका अनुसार महाधिवेशन सुरु गरे तोकिएको मितिमै हुने तर अहिलेसम्म कुनै वास्ता नगर्दा रोकिएको हो ।
उनले भने,“विशेष महाधिवेशन हाम्रो रहर हैन् , यो कुनै पनि अवस्थामा नभएमा मात्र विशेष महाधिवेशन भनिएको हो ।” विशेष महाधिवेशन एक अस्थायी प्रक्रिया रहेको उनले बताए ।
१४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ।
आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजालबीच छलफल भएको थियो।















अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया