एमालेको एकता कायम राख्न प्रमुख बाधक ओली : नेपाल पक्ष

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको एकता कायम राख्न प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीले पार्टी एकाता जोगाइ राख्न आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने निष्कर्ष निकालेको छ । नेता नेपाल पक्षको केन्दीय कमिटी बैठक बस्नु अघि बसेको स्थायी कमिटी बैठकले आफ्नो पक्षबाट पार्टीको एकता कायम राख्न अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ ।
बैठकपछि स्थायी कमिटी सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताको एजेण्डा तयार गरेको बताए । उनले पार्टी एकता कायम राख्न केन्द्रीय कमिटीमा घनिभूत छलफल हुने बताए ।
उनले भने, ‘आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष हामीले निकालेका छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ । केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’
उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता कायम राख्न दुबै पक्षले छलफलबाट समाधान निकाल्नु पर्ने बताए ।
















खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया