ओलीलाई एकताका लागि अल्टिमेटम दिने तयारीमा नेपाल पक्ष
मेरोन्यूज
२०७८ साउन २२ गते १४:५५

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिने तयारी गरेको छ ।
ओलीलाई पार्टी एकताका लागि निश्चित समयावधि दिएर एकतामा आउन आह्वान गर्ने र त्यसो गर्दा पनि ओली सच्चिएर आउन तयार नभए अलग पार्टी बनाउने वा के गर्ने भन्नेमा निर्णय लिएर जानुपर्नेमा नेताहरुले जोड गरेको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
बिहीबारबाट सुरु भएको नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेट छुट्टाइएको थियो ।
केन्द्रीय कमिटीको बैठक केहीबेरका लागि स्थगित गरेर नेपाल पक्षको स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया