ओलीलाई एकताका लागि अल्टिमेटम दिने तयारीमा नेपाल पक्ष
मेरोन्यूज
२०७८ साउन २२ गते १४:५५

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिने तयारी गरेको छ ।
ओलीलाई पार्टी एकताका लागि निश्चित समयावधि दिएर एकतामा आउन आह्वान गर्ने र त्यसो गर्दा पनि ओली सच्चिएर आउन तयार नभए अलग पार्टी बनाउने वा के गर्ने भन्नेमा निर्णय लिएर जानुपर्नेमा नेताहरुले जोड गरेको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।
बिहीबारबाट सुरु भएको नेता नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेट छुट्टाइएको थियो ।
केन्द्रीय कमिटीको बैठक केहीबेरका लागि स्थगित गरेर नेपाल पक्षको स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् ।
सम्बन्धित
















खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया