कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसंख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खाँणले भने, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हँुदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।”
गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशकसमेतको सहभागिता थियो । बैठकमा मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गरे । “भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ”, गृहमन्त्री खाँणले भने ।
उनले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताए । विदेशबाट आउने नागरिकका लागि सबै नाकामा पिसिआर परीक्षण गर्न निर्देशन दिँदै त्यसका लागि गुणस्तरीय सामग्रीको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
















कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया