हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

सिमकोट । हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।
कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई/तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको उनले बताए । गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुङ्गाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको उनले बताए। पक्की शव जलाउने घाट बनेपछि मलामीलाई शव जलाउन सहज भएको छ ।
वर्षामा नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । खार्पुमा तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने अध्यक्ष रावलले बताए।
यी घाट सिमकोट र खार्पुनाथ गाउँपालिका–११ वटा गाउँबाट लगिने शव जलाउन सहज भएको छ । नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ ।
घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ ।
घाट निर्माण र नदीमा तटबन्धन गर्नका लागि कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट रु ५० लाख बजेट विनियोजन गरेर खर्च गरिएको हो । यसका लागि खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको थियो । रासस
















शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया