साझा प्रकाशनको महाप्रबन्धकमा पोखरेल नियुक्त

काठमाडौं । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन्र । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो । बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दैैै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली बाङमयको अग्रणी संस्था हो । यो ऐतिहासिक रुपमा रहेको संस्थाको काममा कमी भएको देखिएको छ । साझाको आफ्नै गौरवपूर्ण कामलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछु ।’
कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई विदाई गरिएको थियो । साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरुले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई विदाई गरेका थिए ।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया