कुल प्रादेशिक गार्हस्थ्य उत्पादन ६ खर्ब ६४ अर्ब रहने प्रक्षेपण

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नं १ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६ खर्ब ६४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो ।
केन्द्रीय तथ्यांक विभागको तथ्यांकका आधारमा राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन (प्रदेश १), प्रथम अर्धवार्षिक प्रतिवेदन’मार्फत उक्त प्रक्षेपण गरिएको हो, जुन गत आर्थिक वर्षको कुल राष्ट्रिय अर्थतन्त्रको १५ दशमलब ६ प्रतिशत हो ।
आर्थिक वर्ष २०७६/७७ मा यस प्रदेशको आर्थिक वृद्धिदर १ दशमलब २ प्रतिशत ऋणात्मक रहेकोमा २०७७/७८ मा आर्थिक वृद्धिदर ३ दशमलब ६ प्रतिशत कायम रहने अनुमान गरिएको छ ।
प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५ दशमलब २ प्रतिशत, १६ दशमलब २ प्रतिशत र ४८ दशमलब ६ प्रतिशत रहेको अनुमान छ । गत वर्ष यी क्षेत्रहरूको योगदान क्रमशः ३६ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र ४८ दशमलब १ प्रतिशत थियो ।
समीक्षा अवधिमा समग्र कृषि बालीले ढाकेको कुल क्षेत्रफल २ दशमबल ३ प्रतिशतले बढेको छ भने सोको उत्पादन १६ दशमलब ८ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७१ दशमलब ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८५ करोड पुगेको छ । प्रदेशका अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ५० दशमलब ४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ती उद्योगको उत्पादन क्षमता उपयोग ४५ दशमलब ७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा प्रदेशमा घर–जग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने राजस्व २८ दशमलब ३ प्रतिशतले र घर–जग्गा रजिष्ट्रेसन संख्यामा ३दशमलब ९ प्रतिशतले वृद्धि भएको छ भने घर/भवन स्थायी नक्सा पास ५ दशमलब ३ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशबाट परिचालन गरेको निक्षेप १२ दशमलब २ प्रतिशतले र यस प्रदेशभित्र प्रवाह गरेको कर्जा १० दशमलब ७ प्रतिशतल वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सेवा क्षेत्र अन्तर्गतको कर्जा १६ दशमलब ९ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ३७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा पनि यस्तो कर्जा १६ दशमलब ९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया