महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग
मेरोन्यूज
२०७८ साउन २७ गते २१:२१

काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।
अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त लिखित जवाफ माग गरेको हो ।
प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको घर नभत्काइ संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ ।
सम्बन्धित
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया