अर्थमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : ल्याउनुस् वजेट तर अघिल्लो सरकारलाई गाली गर्नैपर्छ र ?

काठमाडौं । एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको आर्थिक स्वेतपत्रका वारेमा टिप्प्णी गदै अघिल्लो सरकारलाई गाली नै गर्नुपर्ने अवस्था अहिले हो र ? भन्दै प्रश्न गरेका छन् ।
संसदमा समय माग गदै बोलेका पूर्व अर्थमन्त्री पौडेलले प्रतिस्थापन विद्येयक मार्फत सरकारले नयाँ बजेट ल्याउने भन्ने विषयलाई आफुले पनि स्वागत गर्ने गरी ल्याउन आग्रह गदै तर अघिल्लो सरकारलाई गाली नै गर्नुपर्ने छ र ? भन्दै प्रश्न गरेका हुन् ।
अर्थमन्त्री शर्माले सोमबार संसदमा अर्थतन्त्रको समग्र अवस्थाका बारेमा स्वेतपत्र प्रस्तुत गदै सरकारले प्रतिस्थापन विद्ययक मार्फत नयाँ बजेट ल्याउने तयारी गरेको बताएका थिए । अघिल्लो सरकारले देशको अर्थतन्त्रको चित्र डामाडोल अवसथामा पु¥याएको आरोप लगाउादै अर्थमन्त्री शर्माले संसदमा अर्थतन्त्रको वारेमा जानकारी गराएका थिए ।
त्यसपछि आज पूर्व अर्थमन्त्रीले संसदमा अर्थमन्त्रीको स्वेतपत्रमाथी टिप्पणी गरेका हुन् । ‘प्रतिस्थापन विद्ययक मार्फत नयाँ बजेट ल्याउनुस तर हामीले ल्याएको भन्दा राम्रो वजेट ल्याउनुस, तर अघिल्लो सरकारलाई गाली गर्ने पर्छ र’ पौडेलले अर्थमन्त्री शर्मालाई प्रश्न गरे,-‘सवैले रुचाउने र हामीले पनि सकारात्मक भन्ने गरी नयाँ बजेट ल्याउनुस । तर अघिल्लो सरकारको आलोचना गर्ने मात्र काममा नलागी कोभिड महामारीमा परेका जनताको राहतलाई सम्वोधन गर्ने गरी आउन आग्रह गर्छु ।’
पौडेलले आफुले गत जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटलाई सवै क्षेत्रवाट सकारात्मक भनेको भन्दै एमालेले पनि अहिले सकारात्मक भन्ने गरी प्रतिस्थापन विधयक मार्फत वजेट ल्याउन आग्रह गरेका हुन् ।
पौडेलले समाजिक सुरक्षा भत्ता , मदन भण्डारी राजमार्ग लगायतका क्षेत्रमा राखेका वजेट के हुन्छ भन्दै अवको दुई-चार दिनमा राजनीतिक दल सम्वन्धि अध्यादेश ल्याएर दल विभाजन गर्ने अध्यादेश ल्याउाछ, ल्याउदैन भन्दै प्रश्न समेत गरेका थिए ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया