गुगलको केबलले एशियाली सम्बन्ध बलियो बनाउने

काठमाडौं । गुगलको एप्रिकट सबसी केबलले एशियाली सम्बन्ध (कनेक्शन) अझ बलियो बनाउने बताएको छ ।
गुगलले हालै एप्रिकट नामको सबसी केबलको घोषणा गरेको भन्दै यसबाट एसियाका सिंगापुर जापान, गुआम, फिलिपिन्स, ताइवान तथा इन्डोनेसियाबीच अन्तरआबद्धता अझ मजबुत हुने दाबी गरेको छ ।
एप्रिकट केबल सेवाका लागि सन् २०२४ मा तयार हुने र यसले हालै घोषणा गरिएको अमेरिका, गुआम, सिंगापुर र इन्डोनेसिया जोड्ने इको केबल परियोजनाको परपूरकको भूमिका निर्वाह गर्ने बुझिएको छ ।
यी दुवै केबल परियोजनाले गुगल क्लाउड तथा डिजिटल सेवाका लागि उच्च स्तरको उत्थानशीलता सुनिश्चि गर्नका लागि गुगललाई दक्षिणी एसियामार्फत् नोलो बाटो उपलब्ध गराउने गुगल ग्लोबल नेटवर्किङका उपाध्यक्ष तथा दूरसञ्चारका लागि गुगल क्लाउडका प्रविधि र रणनीति प्रमुख विकास कोलेले जानकारी दिएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
केबलले एसियाली व्यवसायहरुलाई दक्षिणपूर्वी एसिया, उत्री एसिया तथा अमेरिकासँगको कनेक्टिभिटीमा कम लेटेन्सी, धेरै ब्यान्डविथ तथा बढ्दो उत्थानशीलतासहितको सेवा प्रदान गर्ने इकोनोमिक टाइम्समा उल्लेख छ । इको परियोजना आगामी सन् २०२३ मा सेवाका लागि तयार हुने छ ।
गुगलले अमेरिका र यूरोपबीच पनि सबसी केबल पूर्वाधार निर्माण गरिरहेको छ । यसै वर्षको शुरुवातमा कम्पनीले अमेरिकाको भर्जिनिया, फ्रेन्च, एटलान्टिक, कोस्टको सेन्ट–हिलेयर–डे–रियाजसँग जोड्ने डुनान्ट सबसी केबलको शुरुवात गरेको थियो । यो परियोजना पूरा हुन २ वर्ष लागेको थियो भने यसले एटलान्टिक सागर हुँदै २ सय ५० टेराबिट प्रतसेकेन्डको ब्यान्डविथ दिने क्षमता राख्दछ ।
















मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया