बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले लिइन् पद तथा गोपनीयताको शपथ
मेरोन्यूज
२०७८ भदौ २ गते २१:५३

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार राति डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै मुख्यमन्त्रीमा शाक्य नियुक्त गरिएको छ ।
शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनीयताको शपथ गराएका छन् । पौडेलले आज दिउासो नै शाक्यलाई एमाले बागमतीको संसदीय दलको नेतामा नियुक्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धिको अध्यादेश जारी गरसँगै आजै एमाले विभाजन भएको थियो । नव गठित एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको पक्षमा रहेकी शाक्य पार्टी विभाजन भएपछि नेपालको साथ छोडेकी हुन् ।
शाक्य बागमती प्रदेशको दोस्रो र नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन् ।
सम्बन्धित

















17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया