ओलीको माधव नेपालप्रति आरोप : एमालेलाई ३३ सिटमा खुम्च्याएर राजीनामा दिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले २०६४ सालको चुनावमा २ सय ४० सिटमध्ये एमालेलाई ३३ सिटमा खुम्च्याएर मैले पार्टी ध्वस्त पारेँ भनेर राजीनामा दिएको दावी गरेका छन् । बिहीबार भक्तपुरमा जिल्ला पार्टीले गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव पक्षले निकम्मापनको पराकाष्टामा पुर्याएर पार्टी सिध्याएर छाडेको बताएका हुन् ।
उनले सुदूर पश्चिममा आफ्नो पार्टीको बहुमत रहँदा पनि हुँदै नभएको माओवादीलाई काँधमा बोकेर सरकार दिएको, कर्णालीमा २० सिट आफ्नो पार्टीको हुँदा पनि माओवादीलाई बोकेर हिँडेको उनको आरोप छ । नेपाल प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाइदेउ भनेर राष्ट्रपति कार्यालय गएको, सर्वोच्च अदालत गएर पार्टीविरुद्ध घात गरेको उनको आरोप छ । उनलेभने,“ नेपालले जसरी भए पनि पार्टी फुटाउँन लागेका थिए ।”
नेता नेपालले हुँदाहुँदा बराबरी हैसियतको अध्यक्ष पद नै मागेको बताउँदै ओलीले दोश्रो तहको अध्यक्षसम्म दिन्छु भन्दापनि नमानेको बताए ।
उनले एमाले विभाजन गर्नका लागि कानुन मिचेर अध्यादेश ल्याएको भन्दै अबिलम्ब अध्यादेश फिर्ता लिएर संसद अधिवेशन बोलाउन माग गरे ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया