प्रदेश प्रमुख कलौनीद्वारा प्रदेश स्थापना दिवसको शुभकामना

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
उनले यस अवसरमा आज सम्पूर्ण कर्णालीवासीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “कर्णाली प्रदेश स्थापनार्थ दुई साता लामो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारको सहादतपश्चात विसं २०७२ भदौ ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो, प्रदेश प्राप्तिका लागि जीवन बलिदान गर्नुहुने चारै जना शहीदको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ यस ऐतिहासिक महत्वको दिनले कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न अझ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रदेश प्रमुखले दिएका छन् ।
सो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

















17 days left to go for HoR polls: Publicity campaign begins today
पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र हुँदै
महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
प्रतिक्रिया