‘नेपाल आइडल’का निर्णायक परिवर्तन

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।
नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेकी छिन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफुलाई खुसी लागेको बताएका हुन् ।
उनलेभने “नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ,व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।”
ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।
सीजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
प्रतिक्रिया