रुकुम (पूर्व)का सबै आइसोलेशन खाली

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीका लागि रुकुम पूर्वमा बनाइएका आइसोलेशन वार्ड खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालका आइसोलेशनका संक्रमित डिस्चार्ज भएसँगै वार्ड खाली भएक हो ।
सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ । जिल्लास्थित सबै आइसोलेशनमा रहेका संक्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ संक्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गीरीले जानकारी दिए । पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेशन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।
अहिले जिल्लामा २५ सक्रिय सैक्रमित रहेका र उनीहरू सबै होम आइसोलेसशनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता हालसम्म ५४१ मा कोरोना पोजेटिभ देखिएकामा ५१० निको भइसकेका र १३ को मृत्यु भएको थियो । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ ।
अस्पतालसहित जिल्लाका तीनवटै गाउँपालिका र विभिन्न स्वास्थ्य चौकीबाट कोरोना परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा घटाइएको छ । अहिले उक्त अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको स्रोत व्यक्ति गिरीले बताए ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया