‘कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४ औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नु पर्ने बताएका छन् । कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भर पर्दो र बलियो पार्टी बनाउन वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नु पर्ने बताएका हुन् ।
“विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागत रूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो,” उनले भने । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुंग्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।
पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताए । विधि र नियम पुर्याएकालाई क्रियाशील सदस्यता दिनु पर्ने नेता सिंहको भनाई थियो ।
उनले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको संघर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पारे । पार्टी १४ औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उनको भनाइ थियो ।
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै संगठनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रको गुट उपगुटको अन्त्य हुनु पर्ने बताए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
प्रतिक्रिया