अमेरिकाद्वारा चीनका लागि राजदूत नियुक्त
काठमाडौँ । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ । राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
अहिले ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक रहेका छन् । उनलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।
उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गरिसकेका छन् । सरकारको वर्गीकरणमा उनी विदेश मन्त्रालयको तेस्रो उच्च तहमा रहेका थिए ।
निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत भएका थिए । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत र विदेश मन्त्रालयको प्रवक्तासमेत रहेका थिए ।
त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उनले काम गरेका थिए ।










लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु
क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया