एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन

बेलायती शाही परिवारले दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनलाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने महत्त्वपूर्ण कदम अघि बढाउँदै इतिहासकार अन्ना केलाई जीवनी लेखनको जिम्मेवारी दिएको जनाएको छ । सत्तरी वर्षभन्दा लामो शासनपछि सन् २०२२ सेप्टेम्बरमा निधन भएकी महारानीको जीवन र कार्यलाई समेट्ने यो परियोजनालाई शाही इतिहासको एक महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार राजा चार्ल्स तृतीयले आफ्नी आमाको जीवनकथा लेख्ने जिम्मेवारी एक महिलालाई दिने इच्छा व्यक्त गरेका थिए, जसअनुसार अन्ना केको छनोट गरिएको हो । विशेषगरी सन् १६४९ देखि १६६० सम्मको बेलायतको गणतान्त्रिक कालखण्डबारे गहिरो अध्ययन र लेखनका लागि परिचित केका लागि यो अवसर ऐतिहासिक जिम्मेवारीका रूपमा आएको छ ।
अन्ना केले यो जिम्मेवारी पाउनु ‘गहिरो सम्मान’ भएको प्रतिक्रिया दिँदै रानी एलिजाबेथलाई असाधारण व्यक्तित्वका रूपमा चित्रण गरेका छन् । महारानी एलिजाबेथको जीवन एक शताब्दीभरि भएका व्यापक परिवर्तनहरूसँग गाँसिएको थियो । केले आफूलाई उपलब्ध गराइने स्रोत र सामग्रीको सदुपयोग गर्दै महारानीको जीवन र योगदानलाई न्याय गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिअनुसार अन्ना केले रोयल आर्काइभमा सुरक्षित राखिएका महारानीका व्यक्तिगत तथा आधिकारिक कागजातहरूमा पूर्ण पहुँच पाउनेछन् । साथै, उनले शाही परिवारका सदस्यहरू, महारानीका निकट साथीहरू तथा दरबारका कर्मचारीहरूसँग अन्तर्वार्ता लिन पनि सक्ने व्यवस्था गरिएको छ, जसले जीवनीलाई थप विश्वसनीय र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
आधिकारिक शाही जीवनीहरूले प्रायः ऐतिहासिक रूपमा महत्त्वपूर्ण तर कम ज्ञात विवरणहरू सार्वजनिक गर्ने गरेका छन् । यसअघि महारानी एलिजाबेथकी आमा, राजा जर्ज छैटौँकी पत्नीको आधिकारिक जीवनीमा १९६० को दशकमा आन्द्राको क्यान्सरबाट पीडित भए पनि सफल उपचार गरिएको तथ्य खुलासा भएको थियो ।
यस नयाँ जीवनी परियोजनाले महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत जीवन, शासनकाल र विश्व इतिहासमा उनको भूमिकाबारे थप गहिरो दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

















एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया