पुर्वमन्त्री ‘बादल’ का भाई नरेश जेलमुक्त

काठमाडौं । पुर्वगहमन्त्री राम बहादुर थापा ‘बादल’का साईला भाई नरेश थापा रिहा भएका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । आदेशपछि जेल जीवन भुक्तान गर्न डिल्लीबजार चलान भएका थापा सोमबार रिहा भएका हुन् । उनी तोकिएको सजाय काटेर छुटेका हुन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल परेका गुण्डा नाइके समिरमानसिंह बस्नेसँग मिलेर आपराधिक गिरोह सञ्चालन गरेको अभियोगमा थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका थियो ।
आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा रिहा गर्ने आदेश गरे पनि उच्च अदालतले जेल सजाय तोकेको थियो ।महानगरीय अपराध महाशाखाको टोलीले नरेशको कनेक्सन गुण्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग देखिएको खुलाएको थियो । २३ असोज २०७४ मा समीरमान समूहले गौचनको हत्या गरेका थिए ।
प्रहरीको अनुसन्धानले उनी समीरसिंहलाई भेट्न पटक पटक सुन्धारास्थित कारागार पुगेको जनाएको थियो ।















इरान–अमेरिका ओमान वार्ता तयारी
गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने
One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया