एमालेले सभामुखलाई धम्की दिएको भन्दै सत्ता पक्षीय गठबन्धनको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै सत्ता पक्षीय गठबन्धनले आपत्ति जनाएको छ ।
सोमबार सत्ता पक्षीय गठबन्धनका तर्फबाट संसदीय दलका सचेतकहरुले विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष ओली र एमालेका सांसदहरुले धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टीका सांसद प्रदिप यादव, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले संयुक्तरुपमा विज्ञप्ति निकालेका छन् ।
यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरुले सभामुखलाई लक्षित गरेर दिएको मर्यादा विपरित बल प्रयोग गरी धम्कीपूर्ण अभिव्यक्ति र केपी ओलीले सार्वजनिक मिडियाहरुमा दिएको धम्की मुलक अभिव्यक्तिको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संबैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षण पनि हो । सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्क्ति वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो । अतः सम्माननीय सभामुखन्यू विरुद्ध दिईएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संबैधानिक मर्यादालको अवलम्बन गर्न आर्दिक आग्रह गर्दछौँ ।’
नेकपा एमालेले पार्टीका तत्कालिन वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न संसद सचिवालयलार्य पत्र लेखेको थियो । तर सभामुखले उनीहरुलाई कारबाही नगरेको भन्दै एमाले सांसदले सभामुखलाइृ भेटेर पद मुक्त गर्न आग्रह गरेका थिए ।

















किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया