लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने भएका छन् । निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै गत २७ गते उनी मुख्यमन्त्री बनेका थिए ।
प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्य सूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने जनाएको छ । प्रदेशसभा बैठकका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आए पनि मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।
एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमला वलीलाई पदमुक्त गर्न दबाब दिँदै आएका छन् । यससँगै प्रदेशसभा बैठक अवरुद्ध हुन पुगेको हो ।
मुख्यमन्त्री केसीले आफूमाथि विश्वासको मत लिन ४१ सांसदको समर्थन आवश्यक पर्दछ । जसमा सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद रहेका छन् ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया