निर्वाचन आयोगले भन्यो : माधव नेपाल पक्षका नेताहरू सशरीर उपस्थित हुनु
मेरोन्यूज
२०७८ भदौ ८ गते १४:०७

काठमाडौँ । नेता माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (समाजवादी पार्टी) दर्ता प्रक्रिया सुरु भएसँगै सनाखत गर्न निर्वाचन आयोगले समय तोकेको छ । आयोगले भोलि बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भई सनाखत गर्नु पर्ने जनाएको हो ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपाल समूहले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेको थियो । अध्यादेशअनुसार संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत आयोगमा उपस्थित भए नयाँ दल दर्ताले मान्याता पाउने छ ।
नेपालले नयाँ दल दर्ता गर्न ५७ जना केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया