सोमबार, फागुन ४, २०८२

मैले ल्याउन खोजेको अध्यदेश पार्टी फुटाउन थिएन : अध्यक्ष ओली

मेरोन्यूज २०७८ भदौ ९ गते १२:३५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको अध्यादेशबाट पार्टी फुटाउन नभई जोगाउने बताएका छन् । उनले आफ्नो पालामा पार्टीहरूमा विवाद नभएकाले पार्टी एक जुट बनाउन अध्यादेश ल्याउन लागेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेमा देखिएको तेस्रो धारका नेताहरूसँग १० बुँदे सम्झौता गरी पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले पार्टी एकताका लागि अध्यदेश ल्याउन लागेको बताएका हुन् । ‘संसद नचलेको अवस्थामा अध्यादेश जारी गरी देश सञ्चालन गर्नु पर्ने भएकाले यो विधि आफैमा राम्रो हो,’ उनले भने, ‘यो सरकारले बिहानै जारी संसद अधिवेशन अन्त्य गरी राति नै अध्यादेश ल्याउने तयारी गरेको भनेको एमालेलाई विभाजन गर्नुबाहेक केही होइन ।’

‘माधव नेपालसँग भएका सांसदको संख्याका आधारमा अध्यादेश ल्याएको भए पनि हुन्थ्यो, किन २० प्रतिशत भनिरहनु परेको हो ?,’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले पार्टी फुटाउनु देशका लागि हो ? प्रतिपक्षी पार्टी फुटाउनु नैतिक कार्य होइन, यो गैर जिम्मेवारी र अनैतिक कार्य हो ?’

उनले लगभग ९ महिनाको समय संसद नचलेको भन्दै उनले यो महत्वपूर्ण समय देश भत्काउन काम भइरहेको बताए । आफू नेतृत्वको सरकार बाहिर गएसँगै देशमा कुनै काम नभएको उनले टिप्पणी गरे ।

प्रतिक्रिया