एकीकृत समाजवादी दर्ता गर्न ५६ केन्द्रीय सदस्यले गरे सनाखत
मेरोन्यूज
२०७८ भदौ ९ गते १५:०७

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि ५६ केन्द्रीय सदस्य र २९ जना सांसद्ले सनाखत गरेका छन् ।
नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५६ जना केन्द्रीय सदस्य र २९ जना सासंद्हरुले सनाखत गरेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
५८ जना केन्द्रीय सदस्यले पेस गरेको तर दुई जनाको अनुपस्थितीका कारण ५६ जना केन्द्रीय सदस्य र २९ जना सांसद्हरुले सनाखत गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट सनाखत गरेका छन् ।
सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रतिक्रिया