शुक्रबार, वैशाख २६, २०८२

गृहमन्त्रीद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबारे चासो

मेरोन्यूज २०७८ भदौ ९ गते १६:४२

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जानकारी लिएका छन् ।

बुधबार सिहंदरबारस्थित गृहमन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर सोबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँडले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएको बताएका छन् ।

प्रतिक्रिया