बिरामीहरुलाई निजि अस्पतालमा लैजाने १० बिचौलिया पक्राउ

काठमाडौं । उपचार गराउन आउने बिरामी र उनका आफन्तलाई विभिन्न अफवाह र डर देखाएर निजी अस्पतालका लागि बिचौलियाको कामगर्ने १० जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तहरूलाई भेटी ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन’ भन्ने जस्ता अफवाह फैलाएर आफूले कमिसन पाउने अस्पतालका लागि कामगर्ने १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरी दुहवी ६ बस्ने वर्ष ५४ को श्रीराम चौधरी, सिरहा–२ बस्ने वर्ष २० को सुर्य नारायण यादव, मोरङ कटहरी गाउँपालिका–३ बस्ने वर्ष ४२ को मो जलिद, विराटनगर महानगरपालिका–७ बस्ने वर्ष १८ को विश्वास मण्डल, वर्ष २३ को रोशन गुप्ता, वर्ष १९ को सुजित यादव, वर्ष २२ को फिरोज रोय, वर्ष २१ को समिर खान, वर्ष १८ को सरोज खान र वर्ष १८ को अमित यादवलाई पक्राउ गरेको हो ।
उनीहरुले बिरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने बिचौलियाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिएको गुनासोपछि कारबाहीको थालनी गरेको प्रहरीले जनाएको छ ।
साथै मोरङ प्रहरीले यस प्रकारको व्यवहारबाट अन्य कोही पनि पीडित भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।


















कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया