पार्टी छाेडेका नेतालाई कारवाही गर्न एमालेले बोलायो केन्द्रीय कमिटी
१० बुँदे कार्यान्वयन र विधान महाधिवेशनबारे पनि छलफल हुने

काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशन, १० बुँदे कार्यान्वयन र एमाले छाडेका नेतालाई कारवाही गर्ने विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक मध्यान्ह १२ बजेपछि ललितपुरसको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।
१० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति पश्चात माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।
केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्वन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे र पार्टी बिभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले आगामी असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन, कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिकाको अधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
१४ जना सांसदलाई कारवाही गर्न एमालेले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले रोकेर राखेको विषयमा पनि आजको बैठकमा छलफल हुने नेता तामाङले बताए ।
प्रमुख प्रतिपक्षी दल एमाले फुटाउन सरकार र सभामुख नै लागि परेको एमालेका शीर्ष नेताले बताउँदै आएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सरकारले अध्यादेश ल्याएर र कारवाही सिफारिस भएका सांसदलाई सभामुखले कारवाही नगरी एमाले फुटाएको आरोप लगाएका थिए ।
नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेताहरुलाई घरघरबाट उठाएर एउटा रिसोर्टमा लगि वन्धक बनाएको ओलीको आरोप थियो ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया