कांग्रेस सभापति देउवालाई दबाब दिने तयारीमा पौडेल पक्ष
मेरोन्यूज
२०७८ भदौ ११ गते १२:२७

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा आगामी १८ गतेसम्म वडा अधिवेशन गर्नु पर्ने जोड दिँदै दबाब दिने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरी निर्वाचन समितिलाई दिएको भन्दै वडा अधिवेशन नगर्न खोजेको शंका गर्दै पौडेल पक्षले अधिवेशन गर्न जोड दिएको हो ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले आज साँझसम्म सभापति देउवालाई भेटेर सबै वडामा १८ गतेसम्म अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय भएको छ ।
यस्तै, पार्टी कार्यालयमा अनसनमा बसेका जिल्ला सभापतिको मागलाई समेत सम्बोधन गर्न ध्यानाकषर्ण गराइने पौडेल पक्षले जनाएको छ ।
सम्बन्धित

















EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ
यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया