सोमबार, फागुन ४, २०८२

विमलेन्द्र निधि भने – ‘म सभापति बनेपछि अर्को चुनावमा कांग्रेसलाई बहुमत दिलाउँछु’

मेरोन्यूज २०७८ भदौ ११ गते १५:१४


काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफू कसैलाई पराजित वा अक्षम घोषित गर्न सभापतिको मैदानमा नउत्रिएको बताएका छन्। शुक्रबार
आसन्न १४ औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधनका क्रममा नेता निधिले पाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग,मतदातासँग जोड्न सभापति बन्न लागेको बताएका हुन् । आफू कसैलाई हराउनका लागि सभापतिको उम्मेदवार बन्न नलागेको उनले स्पष्टीकरण दिए ।

Advertisement
nepal life insurencenepal life insurence


“म कसैलाई हराउन सभापति बन्न खोजेको होइन। अर्को चुनावमा हामी रुख छापलाई जिताउन हामी सफल हुनेछौँ” उनले भने, “म नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको छ। नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर भूमिकामा उत्रिनेछु ।”

म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति बन्न खोजेको होइनु, निधिले भने, नेपाली कांग्रेसलाई बलियो बनाउन, रुख छापलाई जनतासँग, मतदातासँग जोड्न सभापति बन्न लागेको हो।

प्रतिक्रिया