शनिबार, वैशाख २७, २०८२

कांग्रेसले गर्‍यो ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक (सूचीसहित)

मेरोन्यूज २०७८ भदौ ११ गते १९:५८

काठमाडौँ । नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको जनाएको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जारी गरेको विज्ञप्तीमा पार्टीको निर्वाचन निर्देशिका, ०७८ को दफा १ ९ख० बमोजिम सदस्यहरूको नामावली वेबसाइटमा प्रकाशित गरिएको र ती जिल्लाहरूमा निर्वाचन अधिकृतहरू समेत खटाइएको उल्लेख गरेको छ ।

समितिले बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाको गरी ४८ जिल्लाको नामावली प्रकाशित गरेको जनाएको छ ।

प्रतिक्रिया